११ असोज : धादिङको उत्तरी क्षेत्रको मार्पाकमा मंगलबार मिनिबस दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए । दुर्घटनामा १० पुरुष र ४ महिलाकाे मृत्यु भएकाे हाे । अहलेसम्म १३ जनाकाे ज्यान गएकाे खबर अाएकाे छ, घटनास्थलमा प्रहरीले उद्धार थालेकाे छ, उनले भने । धादिङबेंसीबाट झार्लाङको किन्ताङ् जाँदै गरेको ना ३ ख ३३१८ नम्बरको बस दार्खा गाविसको स्थानीय लपाङ चौतारा नजिकै दुर्घटना भएको हो ।