27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:18

TRENDING .

अवसर नदिएका कारणले नै महिलाहरु राजनितिमा पछि

- Advertisement -

कृष्ण ढकाल

बर्दघाट ,असोज,१० ।  स्थानिय स्तरमा नै महिलाहरुलाई राजनितिमा अवसर   नदिएका कारणले नै महिलाहरु राजनितिमा पछि परेको बर्दघाटका अगुवा राजनितिक महिलाहरुले बताएका छन् । सोमवार बर्दघाटमा भएको राजनितिमा महिला सहभागिता   विषयक सार्वजनिक परामर्श कार्यक्रममा बोल्ने महिलाहरुले   उक्त विचार ब्यक्त गरेका हुन । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीको आयोजनामा भएको सो परामर्श कार्यक्रममा बोल्दै बर्दघाटका अगुवा राजनितिक महिलाहरुले  महिलाको समय र शारिरीक अवस्थालाई देखाएर राजनितिमा महिलाहरुलाई पछि पार्ने काम राजनितिक पार्टी र त्यसमा आबद्ध पुरुष नेताहरुवाट हुने गरेको आरोप लगाएका थिए । त्यसैगरी कुनैपनि सार्वजनिक कार्यक्रममा महिलाहरुको  सहभागिता बढी गराईने तर अवसर नदिने परिपाटी सबै राजनितिक दलमा रहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।   महिलाहरुको योग्दान कै भरमा पुरुषहरु राजनितिमा माथी  पुग्दा समेत महिलाहरुलाई अर्थपूर्ण सहभागिता गराउन  हिचकिचाउने परिपाटी सबै राजनितिक दलमा रहेको बताउदै त्यस्तो परिपाटीको अन्त्य गर्नु पर्नेमा जोड दिएका थिए । महिला हक र अधिकारका कुरा संविद्यानमा उल्लेख भएरमात्र नहुनेभन्दै ब्यवहारत लागुगर्न सबै दल कटिबद्ध हुन जरुरी रहेको उनीहरुको भनाई रहेको थियो । समाजमा अझैपनि महिलाहरु संस्कारको पछि लागेका कारणले पनि महिला स्वयम पछि परेको भन्दै अब महिला र पुरुष दुवैले आफ्नो सोंचमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका थिए । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे नवलपरासीको  उपाध्यक्ष्ँ ज्ञानु पंगेनीको अध्यक्ष्ँता बर्दघाट नगरपालिका का कार्यकारी अधिकृत  बोधराज बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कान्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ,नेकपा एमालेका नगर अध्यक्ष्ँ धिरज शर्मा बस्याल,नेकपा माओवादी केन्द्रका हरि रञ्जन पौडेल लगाएत नगरमा क्रियासिल राजनितिक दलका नगर प्रमुखहरुले समेत आ आफ्नो भनाई राखेका थिए । उनीहरुले राजनितिमा महिलाहरु पछि पर्नुको कारण महिला सक्रियता कम हुनु र उनीहरुको आत्म विश्वास नहुनु नै मुख्य कारण भएको बताएका थिए । त्यसैगरी महिलाहरु बढी पारिवारीक काममा अल्झीनु पर्ने कारणले पनि उनीहरु राजनितिमा पछि परेको बताएका थिए । कार्यक्रम आरती रानाको स्वागत र सिता शर्माको संचालनमा सम्पन्न् भएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्