27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:18

TRENDING .

नवलपरासीको सिम्रेनीमा झाडापखालाको प्रकोप, झाडापखालाबाट ९० घरपरिवार प्रभावित

- Advertisement -

रामकुमार श्रेष्ठ
नवलपरासी, १०  असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ सिम्रेनी र भिमे्रनी गरी २ वटा गाउमा झाडापखाला प्रकोप फैलिएको छ ।
एक सातादेखि फैलिएको झाडा पखाला दिन दिनै फैलिदै गएको छ । पहिले विरामीहरु बढ्ने क्रममा रहेका छन् ।
झाडापखालाबाट मध्यविन्दु नगरपालिकाको सिम्रेनीर भिम्रेनीका दुई गाउंका १२ घरका सबै परिवार विरामी परेका छन् भने ९० घरभन्दा बढी घर प्रभावित भएका छन् । jhada-pakhala
झाडापखालाबाट गाउका ९० घरपरिवार प्रभावित बनेको स्थानीय बासिन्दा तथा लज्याड्ड खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
ढकालका अनुसार ९० घरधुरीमध्ये करीब १०÷१२  घरपरवारका सबै विरामि परेका छन भने र अन्य घरपरिवारका २ देखि ३ जनासम्म विरामी परेका छन  ।
श्ुाक्रवारबाट विरामी पर्नेहरुको स्वास्थ्य अवस्था झन गम्भीर बन्दै गएको भएपनि उपचारमा कसैले ध्यान दिएका छैनन् ।
गाउंमा झाडा पखाला फैलिएपछि शनिवारबाट स्वास्थ्य शिविर सञ्चालन गरिएपनि सामान्य जांच गरेर जीवनजल मात्रै दिइएको ढकालले बताए ।
सिम्रेनीका फूलमति कुमालले आफ्नो घरमा मात्रै ४ जना विरामी भएको बताए । उनले आफू पनि विरामी भएको र चोरमारा स्वास्थ्य चौकी झरेर उपचार गरेपछि निको भएको बताए ।
धाराको पानीमा खेतको पानी मिसिएको प्रदुषित पानी आएपछि यस्तो भएको उनले बताइन् । फोहोर पानी पिउना साथ वान्ता हुने पखाला लाग्ने गरेको उनले बताइन् । आइतबारसम्म ३ जना सिकिस्त विरामी परेका छन् ।
आइतबार भरतपुरबाट समेत स्वास्थ्यकर्मीको टोली आएका छन् । स्वास्थ्यकर्मीको टोलीले पियुस वितरण गरेका छन् भने पानीको मुहानमा पियुस लगायतका औषधी छर्कने बताइएको छ ।
खानेपानी संस्थाका अध्यक्ष खनालले खानेपानीको मुल खोला किनार नजिक रहेकोले २ गते राति आएको बाढीले खानेपानीको मुहान बगाएर धमिलो पानी परेको बताए । अहिले उक्त मुहानबाट पानी रोकिएको र स्थानीयले चुवाडी र इनारको पानी प्रयोग गरेको खनालले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका छवि गिरीले खबर पाउन साथ स्वास्थ्यकर्मीको टोली पठाएको र स्थिति नियन्त्रणमा आएपछि आइतबार दिउंसो टोली फर्किएको बताए ।
सो गाउका ९० घरपरिवारले विगत २० वर्षदेखि उक्त मुलको पानी पिउदै आएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्