असोज १० ।१२ औँ जिल्ला स्तरिय जितिया कप नकआउट फूटवल प्रतियोगिताको उपाधि बल स्टार युथ क्वल कावासोती हसौराले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा थारु युथ क्लव कावासोतीलाई २/१ गोल अन्तरले पराजित गर्दै बल स्टारले उपाधि जितेको हो । थारु महिलाहरुको पर्व जितियाको अवसरपारी युनिक युनिटी युथ क्लब गैँडाकोटले मालपुरमा आयोजना गरेको खेलका बिजेतालाई ३० हजार र उप विजेतालाई २० हजार नगद प्रदान गरिएको गरियो ।त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई समेत सम्मान गरिएको थियो । आधुनिक प्रोपटी डिलर्सका प्रोप्राइटर शालिकराम घिमिरेले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । भाद्र १६ गते देखि २४ गते सम्म सञ्चालित खेलमा नवलपरासी र चितवन गरि जम्मा २४ समूहको सहभागिता रहेको थियो ।