27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:31

TRENDING .

त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै अज्ञात

- Advertisement -

असोज १० – जीप दुर्घटनामा परेर त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन ।आज बिहानदेखि खोजी सुरु हुने चितवन प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्री घिमिरेसहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे तथा सशस्त्र प्रहरीका एक जना बेपत्ता हुनुभएको छ । दुर्घटनास्थल निकै अप्ठेरो भएको र त्रिशुलीमा बाढी आएकाले खोजी काममा समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घिमिरेकी आमा र अंग रक्षकसहित तीनजनाको ज्यान गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा आइतबार दुर्घटना भएको हो । दुर्घटनामा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको ज्यान गएको छ । गाडी चालक विष्णु राई हाम फालेर बाँचेको र उनको भरतपुरमा उपचार भैरहेको छ । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैंले हाक्नु भएको थियो । २०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्