27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 06:44

TRENDING .

पत्रकार महासंघ नवलपरासीका पुर्व सभापति रानाभाट लाई मातृ शोक

- Advertisement -

कावासोती असोज ९। नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व जिल्ला अध्यक्ष होमराज रानाभाटलई मातृ शोक परेको छ । रानाभाटकी ममतामयी मात ज्योतीमाया रानाभाटको ६८ बर्षको उमेरमाा  शनिवार दिउसो उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । रानाभाट क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । रानाभाटकी ३ छोार र एक छोरी छन् । पत्रकार रानाभाटकी माताको निधनप्रति नेपाल पत्रकार महासंघका नवलपरासीका जिल्ला अध्यक्ष नारायण शर्माले एक शोक वक्तव्य प्रकाशित गर्दे गहिरो शोक व्यक्त गरेका छन् । उनले दिंवगंत आत्माको चिर शान्तिको कामना गर्दे शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । रानाभाटको निधनप्रति नवलपरासीमा क्रियाशिल सञ्चार संग सम्वन्धित बिभिन्न संघ सस्था र सञ्चार गृहहरुले गहिरो दुःख व्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनिहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । यसरी शोक वक्तव्य प्रकाशन गर्दे शोक व्यक्त गर्नेहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव के.वी. राना , नेपाल पेस युनियन नवलपरासीका जिल्ला अध्यक्ष श्रीराम सिग्देल , प्रेस चौंतारी नवलपरासीका सचिव सागर पोख्रेल , प्रेस चौतारी केन्द्रिय सदस्य विद्रोही गिरी,प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि सदस्य दिपक भटट्राई , प्रेस सेन्टर नवलपरासीका सचिव अर्जुन अविरल , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ , प्रेस युनियनका केन्द्रीय प्रकाशन बिभाग सदस्य एवम् रेडियो मध्यविन्दुका कार्यकारी निर्देशक रमेश बस्ताकोटी लगायत रहेका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्