८ असोज, भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सकुशल छन् । अवतरणका क्रममा विमान रनवेबाट घासे मैदानमा पुगेको थियो । यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ । केही यात्रुलाई समान्य चोट लागेको र उनीहरुलाई युनिभर्सल मेडिकल कलेज अफ साइन्स लगिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेले विमान दुर्घटनामा परेको खबर आएको पुष्टि गरे ।