27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:14

TRENDING .

चोरमारामा आधारभूत पत्रकारीता तालीम सम्पन्न

- Advertisement -

असोज ८, नवलपरासी । नवलपरासीको चोरमारामा एक हप्ते आधारभूत पत्रकारीता तथा कार्यक्रम उत्पादन तालीम सम्पन्न भएको छ । मध्यविन्दु नगरपालीका ७ चोरमाराबाट परिक्षण प्रसारणमा रहेको सामुदायीक रेडियो दर्पण ९९.२ मेगाहर्जले एक हप्ते तालीमको आयोजना गरेको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं मध्यविन्दु नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले पछिल्लो समय पत्रकारीता मर्यादित र संवेदनशील पेशा भएको बताए ।‘पत्रकारीता पेशा आफैमा संवेदनशील पेशा हो’ उनले भने ‘समाचार कुन मिडियाले छिटो दिने भन्दा पनि, बिश्वसनिय हुनुपर्छ । ’साथै उनले रेडियो दर्पणले समाजको विकास एवं रुपान्तरणमा भुमीका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।  तालीमका प्रमुख प्रशिक्षक एवं पत्रकार महासंघ चितवनका पुर्वअध्यक्ष कृष्ण गिरीले पछिल्लो समय पत्रकारीता रुची राख्ने युवाहरुको संख्या बढ्दै गएको बताए । संख्यात्मक रुपमा बढेको भएपनि त्यो अनुरुप गुणात्मक हुन नसकेको उनको भनाई थियो । ‘संख्यात्मक हिसाबले पत्रकारीतामा लाग्नेहरुको संख्या बढ्दै गएपनि गुणात्मक रुपमा अघि बढ्न सकिरहेका छैनौ, त्यस तर्फ पनि अब ध्यान दिनुपर्छ’ उनले भने । सञ्चालक समितिका अध्यक्ष भिमलाल अधिकारीले रेडियो धेरै ब्यवसायीक भन्दा पनि सामाजीक हुनुपर्नेमा जोड दिए । धेरै ब्यवसायीक हुने मनसाय राख्दा समाजप्रति रेडियोको उत्तरदायित्व के हो ? भन्ने कुरामा असर पार्ने बताए । यस्तै कार्यक्रममा बोल्दै रेडियोका प्रबन्ध निर्देशक विद्रोही गिरीले रेडियो दर्पण समाजको प्रतिविम्ब बन्ने बताए । ‘रेडियोलाई हामी साँच्चै नै समाजको दर्पण बनाउने छौं’ उनले भने ‘हामी सचेतना सुसंस्कार बिकास हाम्रो सार भन्ने नारा लिएर अघि बढेका छौं ।  सो अवसरमा तालीममा सहभागीहरुलाई सञ्चालक समितिका अध्यक्ष भिमलाल अधिकारी लगायत शेयर सदस्यहरुले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका थिए ।तालीममा ३० जनाको सहभागीता रहेकोथियो । संचालक समितिका अध्यक्ष भिमलाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक विद्रोही गिरीले स्वागत र उपाध्यक्ष देबलाल काफ्लेले धन्यवाद मन्तब्य राखेका थिए भने सञ्चालन माधब भुसालले गरेका थिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्