27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:04

TRENDING .

नवलपरासी अखण्ड राख्ने गरी गरिएको संविधान संशोधनको तयारीको बिरोध, नवलपुर बासी आक्रोसित

- Advertisement -
असोज -६ , सरकारले आन्दोलनरत मधेसी मोर्चालाई सम्बोधन गर्ने प्रयासमा अर्को साता संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने तयार संशोधन प्रस्तावको मस्यौदा तयार गर्दैगर्दा जिल्लालाई फेरि अखण्डको नाममा नवालापुरलाई बन्दी बनाउन लागेको भन्दै स्वतन्त्रत को अधिकार मिचिएको  प्रति समाजिक संजालमा चर्को बिरोध भएको छ । यस क्षेत्रका प्रमुख राजनितिक दल सहित सर्व साधारण ले जिल्ला टुक्रिदा मनाएको खुसियालीको रंग उडेको छ । जिल्ला तहका एक नेताले भने सरकारले जिल्ला एक बनाउने गरी संविधान संसोधनको तयारी गरेको छ । त्यो हामीलाई मान्य छैन् हामी आन्दोलनमा उत्रिन्छौं । हामीलाई छुट्टै जिल्लाको आवश्यकता हो ।
सरकारले हाल भएको सात प्रदेशलाई कायमै राखेर केही सीमांकन हेरफेरको प्रस्ताव पनि तयार पारेको छ । संविधान संशोधनको प्रस्तावमा तीनवटा प्रदेश ४, ५ र ६ को सीमांकन फेरबदल गर्ने उल्लेख छ । जसअनुसार अहिले ५ नम्बरमा प्रदेशमा भएका केही जिल्लालाई प्रदेश नम्बर ४ र ६ मा गाभिनेछ । र, प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्मको हुनेछ । हाल नलवपरासीको आधा भाग प्रदेश नम्बर ४ मा छ, जसलाई अब ५ मा राख्ने प्रस्ताव छ । हाल प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई भने प्रदेश नम्बर ४ मा लैजाने प्रस्तावमा उल्लेख छ । यस्तै हाल प्रदेश नम्बर ५ मा रहेको प्युठान र रोल्पा प्रदेश नम्बर ६ मा गाभिनेछ भने हाल प्रदेश नम्बर ४ मा रहेको आधा रुकुम प्रदेश नम्बर ६ मै जानेछ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्