27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:54

TRENDING .

१३ बर्षमै स्याङ्जादेखी भागेका आचार्य बालकृष्ण आज फोर्ब्सकाे अर्बपति सूचीमा

- Advertisement -

असोज -६, सानै उमेरमा नेपालको स्याङ्जाबाट भारत गएका पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण फोर्ब्सकाे अर्बपतिको सूचीमा परेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको सन् २०१६ मा  भारतका १ सय जनाको अर्बपतिको सूचीमा बालकृष्ण ४८ औं नम्बरमा परेका छन् । सबैभन्दा धनी भारतीय नागरिकहरुको सूचीमा बालकृष्णले पहिलो पटक प्रवेश पाएका हुन् ।  आचार्यको पतञ्जली आयुर्वेदमा ९७ प्रतिशत सेयर रहेको र कुल २ अर्ब ५० करोड अमेरिकी डलर (२ खर्ब ५० अर्ब भन्दा बढी नेपाली रुपैयाँं) रहेको फोर्ब्सले सार्वजनिक गरेकाे सूचिमा उल्लेख छ ।

फोर्ब्सका अनुसार बालकृष्णले ७८ करोड डलर वार्षिक राजस्व तिर्ने गर्छन ।

म्यागेजिनले भनेको छ, ‘बालकृष्ण छायाँ जस्तै बनेर बाबा रामदेबको साथीकारुपमा बालककालदेखि रहँदै आएका छन् ।’

रामदेव र बालकृष्णले सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना गरेका थिए । उक्त आयुर्वेदमा बालकृष्णको ९७ प्रतिशत शेयर रहेको छ ।
पतञ्जलीले टुथपेस्टदेखि कस्मेटिक सामान तथा चाउचाउ र जाम पनि बनाएर बेच्ने गरेको छ ।  पतञ्जली आयुर्वेदमा बाबा रामदेवको भने शेयर नभएपनि उनी यो कम्पनीका ब्रान्ड एम्बेस्डर रहेको फोर्ब्सले जनाएको छ ।

फोर्ब्सको नयाँ सूचीमा भारतका ६ जना अर्बपतिको नाम थपिएको छ । पुराना १३ जना यो सूचीबाट बाहिरिएका छन् ।

को हुन बालकृष्ण ?

१३ वर्षको उमेरमै नेपालको स्याङ्जाबाट घरबाट भागेर भारत गएका बालकृष्ण योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन् । उनी यसअघि ‘हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा’ परेका थिए ।  पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण कम्पनीको व्यवस्थापनदेखि नयाँ उत्पादनको निर्णय र वित्तिय व्यवस्था सञ्चालन गर्छन् ।

बाबा रामदेवको योगालाई प्रचार गर्न सञ्चालित आस्था च्यानलको कम्पनीमा बालकृष्णका ९९.९ प्रतिशत शेयर  छ।
उनको स्वामित्वमा दिव्य फार्मेसी पनि छ । त्यस्तै रामदेव र बालकृष्णको स्वामित्वमा चार ट्रष्ट पनि सञ्चालनमा छन् ।

२०२९ साल साउन १९ गते भारतको हरिद्वारमा जन्मेका बालकृष्णको पख्यौली घर नेपाल हो । कक्षा ५ सम्म वालिङको काफलडाँडास्थित एक विद्यालयमा पढेका बालकृष्ण १३ वर्ष उमेरमा घरबाट भागेका थिए । घरबाट भागेर नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगेका उनले हरिद्वारमा पढे । र, बाबा रामदेवका विश्वास पत्र बने ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्