27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:15

TRENDING .

सामुदायीक मेलमिलाप कार्यक्रम प्रभावकारी

- Advertisement -

सीता शर्मा असोज ५   । सामुदायीक मेलमिलाप केन्द्र मार्फत गत आर्थिक वर्षमा १ सय ९६ वटा विवाद समाधान गरीएको सेलर्ड नवलपरासीले जनाएको छ । २ सय ८९ वटा दर्ता भएका विवाद मध्ये १ सय ९६ वटा समाधान भएको , ६७ वटा प्रक्रियामा रहेको , १२ वटा असहमती भएको , ९ वटा मेलमिलाप भन्दा बाहिर मिलेको छ भने ५ वटा सम्पर्कमा नआएको सेलर्डले प्रस्तुत गरेको तथ्याङमा उल्लेख गरीएको छ ।      आज सुनवल नगरपालीकामा आयोजना गरीएको सामुदायीक मेलमिलाप र पिडीत कानुन सहायता सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ प्रस्तुत गरीएको हो । कानुन अन्वेषण तथा सो्रत विकास केन्द्र सेलर्डले नवलपरासीका ७ गाविस र ५ नगरपालीकामा सञ्चालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रम मार्फत उक्क्त विवाद समाधान भएको सेलर्ड नवलपरासीका मित्रलाल लामिछानेले जानकारी दिनुभयो ।

nepali news today

  त्यस्तै  सेलर्ड मार्फत जिल्लामा लैङिक तथा घरेलु हिंसा विरुद्ध कानुनी सचेतना , मानव अधिकार तथा पिडीतको अधिकार संरक्षण , महिला निगरानी तथा पारालिगल कमिटीहरुलाई कानुनी प्रशिक्षण जस्ता कार्यक्रम सम्पन्न गरेको सेलर्डका  सरस्वती शर्मा जानकारी दिनुभयो ।       जिल्ला अदालत नवलपरासीका श्रेस्तदार श्यामलाल घिमिरेको प्रमुख आतिथ्थता तथा सेलर्डका क्षेत्रीय संयोजक सिताराम अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी घिमिरेले सामुदायीक मेलमिलापले समाजमा दिगो शान्ति स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने हुँदा यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहायक जिल्ला न्यायधिवक्ता खिमलाल गौतम,  जिल्ला विकास समिती नवलपरासीका पुस्कर काफ्रले , सामुदायीक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम , सुनवल नगरपालीका का रेशम शर्मा , क्रियाशिल पत्रकार महिला नवलपरासीका सचिव सीता शर्मा , माइती नेपाल नवलपरासीका माया क्षेत्री , मेलमिलाप समाज नेपालका केन्द्रिय सदस्य नगेन्द्र यादव लगायतले बोल्दै मेलमिलाप कार्यक्रमको प्रभावकारीताका बारेमा उल्लेख गर्नुभएको थियो ।  सेलर्ड ले  यु .के .एड र सर्च फर कमन ग्राउन्डको सहयोगमा नवलपरासीमा सबलीकरणबाट विपन्न र सिमान्तकृत समुदायको सुरक्षा र न्यायँमा पहुँच स्थापनाका लागी विभीन्न कार्यक्रम सञ्चालन गदै आएको छ । भने जिल्लाभर पिडीत कानुनी सहायता पनि दिदै आएको छ कार्यक्रममा जानकारी गराइएको थियो  । अन्तरक्रिया कार्यक्रमको सञ्चालन सेलर्डका शान्ति विकले गर्नुभएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्