27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:17

TRENDING .

चोरमारामा बस पल्टीयो ७ जना घाईते

- Advertisement -
 ५  असोज। पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको चोरमारामा बस पल्टदा ७ जना घाईते भएका छन् । मध्यविन्दु ७ चोरमारको जंगलमा बस पल्टिएको हो ।   पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ७०७४ नम्बरको यात्रुवाहक बसलाई सोहि दिशाबाट आइरहेको ना ५ ख ८२२५ नम्बरको बसले ओभरट्रयाक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।ओभरट्याक गर्ने क्रममा लु १ ख ७०७४ नम्बरको बस पल्टिँदा सोहि बसमा सवार ७ जना यात्रु घाईते भएका छन् । घाइते हुनेमा देवचुली का रोशन पौडेल, प्रवल भट्राई, सुनवलका  नारायण शर्मा, बर्दघाटका  लक्षिता मेवा, मध्यविन्दु का देव बहादुर थापा क्षेत्री, कावासोति  का विरेन्द्र शर्मा र भक्तपुरका   केशब सारु रहेका छन् ।घाइतेहरुको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्