27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:06

TRENDING .

कृषिमा प्रोत्साहान गर्न कागतीको विरुवा वितरण

- Advertisement -

परासी, ५ असोज – भैरवी कृषि सहकारी संस्था रामनगर बडेराले संस्थामा आवद्ध सदस्यहरुलाई निःशुल्क कागतीको बोट उपलव्ध गराएको छ । कृषिलाई व्यवसायीक रुपमा अघि बढाउनका लागि प्रेरित गर्ने उद्देश्यले पहिलो चरणमा कागतीका बोट उपलव्ध गराएको संस्थाका अध्यक्ष नरिश्वर पराजुलीले बताउनुभयो । उहाँका अनुसार बजारमा कागतीको माग बढ्दै गएकाले उक्त खेतिमा जोड दिनका लागि बोट वितरण गरिएको हो ।  कृषि पेशालाई जीविकोपार्जन गर्ने माध्यमको रुपमा अघि बढाउनका लागि स्थानीय हावा र माटो उपयुक्त हुने खेतिमध्ये कागतीका बोट उपलव्ध गराएको पराजुलीले बताउनुभयो । प्रतिबोट एक सय ३५ रुपैयाँ लागत लागेको बोट संस्थामा आवद्ध एक सय ५० जनालाई वितरण गरिएको छ । कृषि प्रविधिको सल्लाहअनुसार उपलव्ध गराएको कागतीको बोट बनारसी जातको हो ।
उपलव्ध गराइएको कागतीले राम्रो उत्पादन गरेमा किसानको मागअनुसार व्यवसायीक खेति गर्नका लागि लगानीसमेत गरिने पराजुलीले बताउनुभयो । किसानको मागअनुसार आँप, लिचिलगायतका फलफुल र अन्य खेतिका लागि पनि क्रमशः आर्थिक लगानी गरि सहयोग गर्नका लागि विभिन्न कृषि कार्यक्रमहरु अघि सारेको संस्थाले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्