परासी, ५ असोज ः परासी क्षेत्रमा रहेका सरकारी कार्यालयले विद्युत वापतको महशुल बुझाउन अटेरी गरेका छन् । पटक पटक बक्यौता वापतको रकम बुझाउन आग्रह गर्दा पनि अटेरी गरेको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले जनाएको छ । केन्द्र प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीका अनुसार सदरमुकामका विभिन्न सरकारी कार्यालयबाट १७ लाखबढी बक्यौता रकम छ । त्यसैगरी निजी क्षेत्रबाट ४० लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । पटक पटक तोकेता गर्दा पनि केही सरकारी कार्यालयले रकम भुक्तानी नगरेपछि विद्युत लाईन काटिएको अग्रहरीले बताउनुभयो । लामोसमयदेखि महशुल नबुझाउनेमा स्वास्थ्य संस्था, रेञ्ज पोष्ट, सरकारी स्कुल, गाविस छन् ।