किशोर अवस्था वा उमेर ढल्केका मानिसले विभिन्न कारण देखाउदै आत्महत्या गरेको तपाई हामी सवैले देखेका सुनेका छौ । तर सानो बालकले आत्म हत्या गर्यो भन्दा तपाई आमी सबैलाई अचम्म लाग्छ । नलागोस पनी किन नत् त्यो बालक लाई घरब्यवहारको पिरलो नत् अरु केही तर रजहरका एक बालकले झुण्डीएर आत्म हत्या गरेको विषयले अहीले सवैलाई दुखी बनाएको छ । हुनत् आत्महत्याको समाचार नबनाउने भन्ने सामान्य प्रचलन हुन्छ तर पनी सानो बालकले किन गर्यो त आत्म हत्या यो सवैको खुलदुली हुन सक्छ । त्यसैले यो समाचार बन्यो । देवचुली उच्च माध्यामिक विद्यालय रजहरमा कक्षा ६ मा अध्ययन गर्ने क्रिस ढकालले मंगलबार दिउसो आत्म हत्या गरेका हुन् । रजहर गाविस वडा नम्बर १ टाईकोटमा ढकाल परिवारले नै रेखदेख गर्दै आएको घरको बलोमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । उनी पलाष्टिकको डोरीले झुण्डिएका थिए । ढकाल अहिले परिक्षाको तयारीमा थिए । उनले बुधबार परिक्षा तरर्खर गर्दै थिए । दोस्रो त्रैमासिक परिक्षाको तयारीको लागि विद्यालयले बिदा दिएको थियो ।
उनको पोष्टमार्टम समेत गरिएको छ । पोस्टमार्टमा त्यस्तो कुनै शंका गर्ने आधार नभेटिएको प्रहरीको भनाईछ । उनको बाबुले राम्रोसँग पढ् भनेर सम्झाएको हुँ भनेर स्वीकार गरेको प्रहरीले जानकारी बताएको छ । जिल्लामा बालबालिकाहरुले समेत आत्म हत्या गर्ने क्रम बढेको छ । जानकारहरु टेलिभिजनमा आउने विभिन्न नाटक , चलचित्र तथा बढ्दो ईन्टरनेटको प्रयोगले पनी बालबालिकाले सानो पिर मान्दा समेत मरीदिने धम्की दिने तथा अन्य कुराहरु गर्ने विकृती फैलिएको वताउछन् ।