अखिल (क्रान्तिकारी) प्रदेश नं. ५ मा पर्ने नवलपरासी जिल्ला( परासी खण्ड) काे एकता भेला सम्पन्न भएकाे छ । क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक विशाल गिरीकाे अध्यक्षतामा र संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं. ५ का ईन्चार्ज धुर्व विक्रम वलिकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे छ । त्यसैगरी नेकपा माअाेवादी केन्द्रका पि.वि.एम. तथा जिल्ला ईन्चार्ज घनश्याम यादव विशेष अतिथि रहनु भएकाे भेलामा पार्टीका महाधिवेशन अायाेजक समिति सदस्य राजु हरिजन, सूर्य न्यापाने, रामानन्द यादव, भविश्वर तिवारी, सीता वाैडेल, विद्यार्थी केन्द्रीय सचिव तथा प्रदेश सह ईन्चार्ज युवराज पाण्डे, अशाेक ज्ञवाली, ५ नं. प्रदेश संयाेजक सुन्दर वलि, विद्यार्थी प्रदेश सह संयाेजक विनाेद चाैधरी, प्रकाश अधिकारी, सूर्य प्रकाश घर्ती , विद्यार्थी केन्द्रीय सचिवालय सदस्य अर्जुन अविरल, प्रकाश कुँवर, हरि सिग्देल, सुनिल जिसी, विक्रम राना लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । भेलाले संयाेजक विशाल गिरी, सह संयाेजक सुजित ठाकुर, सह संयाेजक विण्णु पन्थ, कार्यलय सदस्यहरूमा सुजन ढकाल, भगवान दास, मैना डुम्रे, करण लामा, सागर भण्डारी, दाेमन वि सि सहित ६५ सदस्सीय जिल्ला समिति चयन गरेकाे छ । भेलाले प्रचण्ड समूहका २३, वैद्य समूहका २४, विप्लव समूहका ७ मातृका यादव समूहका ८ जना र ३ पछि थप्ने गरि ६५ सदस्सीय जिल्ला समिति निर्माण गरेकाे छ । जिल्ला ईन्चार्जमा अमित खड्कालाई र सह ईन्चार्जमा मदन सुवेदीलाई प्रदेशकाे बैठकले नै घाेषणा गरेकाे थियाे ।
यसैगरी नेकपा( माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपुर जिल्लाको एकता भेला पार्टी कार्यालय कावासोतीमा सम्पन्न भएको छ। क.लोक प्रसाद भुर्तेलको अध्यक्षतामा,पार्टी केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज क.किसन शर्माको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय सदस्य क.बालकृण्ण रानाभाट, क.भविश्वर पराजुली ,क.सुष्मा खनाल, क.रूद्र गौतम लगाएत अतिथि रहनु भएको कार्यक्रमले क.लोक प्रसाद भुर्तेलको अध्यक्षतामा 41 सदस्यीय अखिल नेपाल टेड्र युनियन महासंघ नवलपुर जिल्ला समिति गठन भएको छ ।