असोज ५ । हुलाकी टिम । नवलपरासी जिल्लामै पहिलो पटक वृहत शैक्षिक मेला हुने भएको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा फस्ट बेष्ट एजुकेशन फेयर २०७३ यही असोज १३ , १४ र १५ गते हुने भएको हो । बदलिदो परिस्थीतीमा शैक्षिक परार्मका लागि पनी चितवन र काठमाण्डौ धाउनुपर्ने नवलपरासी बासीको बाध्यता भएकाले मेलाको आयोजना गरीएको आयोजक संस्था बेष्ट मिडीयाका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । करिब ४० ओटा स्टल रहने मेलामा स्वदेश तथा विदेशका शैक्षिक संघसंस्था तथा परामर्शदाताहरुको सहभागीता रहने आयोजकले जनाएको छ । कुन विषय अध्ययन गर्ने , कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी लाई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईने छ ।