असोज ५ ।नवलपरासीको देउराली गाविसमा जारी ३२ औँ युनाइटेड च्याम्पियन कपको उपाधि नमूना समाज सिम्रेनीले हात पारेको छ । युनाइटेड युवा क्लब देउराली ३ गिरुवारीले भदौं १० गतेबाट आयोजना गरेको फूटवल प्रतियोगितामा बुधबार भएको फाईनल खेलमा देउराली सामुदायिक पुस्तकालयलाई ४/२ गोल अन्तरले पराजित गर्दै नमूनाले उपाधि माथि कब्जा जमाएको हो ।निर्धारित समय भित्र दुबै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । ट्राईबे्रकर मार्फत बिजेताको टुङ्गो लागेको हो ३/३ जना बिदेशी खेलाडी सहित दुबै समूह खेल मैदानमा उत्रिएका थिए । प्रतियोगिताको बिजेता सिमे्रनीले १ लाख रुपैयाँ हात पर्यो भने उपबिजेता पुस्तकालयले ५० हजारमा चित्त बुझायो ।