कावासोती ४। हुलाकी टिम । नवलपरासीको गैडाकोट ११ मा रहेको मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा शेषकान्त देवकोटा को प्यानल नै विजयी भएको छ । पदमलाल पौडेलको प्यानल लाई पराजित गर्दै देवकोटा प्यानल अध्यक्ष सहित सवैपदमा निर्वाचित भएको हो । विजयी देवकोटाले ८ सय २३ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ५ सय ४१ मत प्राप्त गर्नुभएको छ । काग्रेस माओवादी र साना दलको संयुक्त प्यानलका उम्मेदवार देवकोटाले एमालेका उम्मेदवार पौडेल लाई भारीमतले पराजित गर्नुभएको हो । उपाध्यक्षमा मीना भट्टराइ विजयी हुनुभएको छ । उहाँले ७ सय ४९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दी कृतिनाथ पाठकले ५ सय ७९ मत प्राप्त गर्नुभयो । सचिवमा वेदप्रसाद कंडेल विजयी हुनुभएको छ । कंडेलले ७ सय ४८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दी रामचन्द्र धितालले ६ सय ४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा मायाँ कुवर , महिला सदस्यमा सता भट्ट सदस्यमा खड्क बहादुर क्षेत्री, भोजबहादुर महतो विजयी हुनुभएको छ । गत चैत्र २० गतेदेखी शुरु भएको पाचौँ अधिवेशन सहमतीका लागी भन्दै पटक पटक प्रयास गरेपनि सहमती जुट्न नसकेपछि निर्वाचन भएको हो । यो विचमा सहमतीका लागी भन्दै दर्जन वढि बैठक बसेको व्यवस्थापक हरिप्रसाद पनेरुले बताउनुभयो । निर्वाचनमा १४ सय ८३ मतदाताले मतदान गरेका थिए भने १३७९ मत मात्र सदर भएको निर्वाचन समितीका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।