ज्ञानु पंगेनी । नवलपरासी , असोज ४। नवलपरासीमा गतवर्ष वैदेशिक रोजगारमा पठाईदिने भन्दै राहदानी र रकम लिएर विदेश नपठाएर ठगी गरिएको उजुरी सबैभन्दा बढि परेको छ । त्यसपछि वैदेशिक रोजगारीमा पठाउदा तोकिएको काम र तलब फरक परेकाहरुको उजुरी बढि रहेको छ ।नवलपरासीको कावासोतीमा रहेको हिमालयन सामुदायिक विकास मञ्चद्धारा संचालित सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आईरहेको संस्था सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा गत वर्ष ७७ जना पुरुष र ५ जना महिला गरि ८२ जनाले उजुरी गरेको ससंस्थाले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।संस्थाका परियोजना संयोजक ऋतुराम सोतीले पत्रकार सम्मेलनमा तथ्याङ्क सार्वजनिक गर्दै ८२ जना मध्ये १३ जना पुरुषलाई मात्रै न्याय दिलाउन सफल भएको जानकारी दिए । यस्तो मुद्दामा राहदानी बुझाएको र रकम बुझाएको कागजात पनि नहुने भएकोले समस्या समाधान गर्न गाह्रो हुने गरेको परियोजना संयोजक सोतीले बताए । यस्तै विदेशमा पुगेपछि काम र तलब फरक परेकोे ७४ जना पुरुष र ३ जना महिला गरि ७७ जनाको उजुरी परेको छ । भने ३५ जनाको समाधान गर्न सफल भएको सोतीले जानकारी दिए ।त्यसैगरी सबैभन्दा बढी फ्रिभिस्सा फ्रि टिकट भएको देशमा पनि बढी रकम तिरे पनि त्यसरी ठगिएको भन्दै निक्कै कमले मात्र उजुरी गर्ने गरेका छन् । गत बर्ष जम्मा ३ जनाले मात्र बढी रकम तिरेको भनेर उजुरी गरेको परियोजनाकी सुचना अधिकृत रञ्जना लम्सालले बताईन । यस्तै गत वर्ष वैदेशिक रोजगारीमा गएका १२ जनाको मृत्यु भएर नेपाल झिकाउनकालागी उजुरी दर्ता भएको पनी लम्सालले जानकारी दिईन । जसमा ११ जना पुरुष र १ जना महिला रहेको लम्सालले बताईन । हिमालयन सामुदायिक विकास मञ्चका शुरविर स्थापितले परियोजनामा राहदानी लिनु पूर्व प्रशासनमा राहदानी लिन आएका सबैलाई फ्रि भिसा फ्रि टिकटको बारेमा जानकारी गराउने, पत्रपत्रिका तथा रेडियोबाट यसबारे जानकारी दिने, पर्चा पोष्टरहरु वितरण गर्ने गरेपनि रकम बढी तिरेर जाने गरेको पाइएको बताए । उनले मेनपावर कम्पनीले बढी रकम लिएपनि १० हजारको मात्र विल दिने गरेकोले यस्तो मुद्दाहरु हल गर्न कठिनाई हुने गरेको समेत बताए ।