27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:00

TRENDING .

काठमाण्डौको दुइ विद्यालयमा बम बिस्फोट , विभिन्न विद्यालयमा बम फेला

- Advertisement -

४ असोज । राजधानीको बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको  छ भने विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ ।  विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ । विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।बम राखिएको स्थानमा  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा  वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन , नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्यगर्न माग गरेको छ । विद्यालय परिसरमा बम राखेर बालबालिकालाई त्रसीत बनाउन खोजिएको भन्दै चौतर्फी बिरोध भएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्