असोज ३ ।नबिन पौडेल ।शनिवार राती अविरुल रुपमा परको पानी संगै आएको पहिरोले देवचुली नगरपालिकाको कुमसोत स्थित सरस्वती प्राथमिक विद्यालयको तीन कोठे भवन पुरेको छ । विद्यालय भवन भन्दा माथीवाट झरेको पहिरोले विद्यालयको कक्षाकोठा पुरेको हो । शनिवार राती भएकोले मानवीय क्षती भने नभएको विद्यालयको प्रधानाध्यापक तुलसी भट्टराई भूर्तेलले बताइन । पहिरोले विद्यालय पुर्दा करिव १५ लाख वरावरको क्षती भएको कावासोती प्रहरीले जनाएको छ । उक्त भवन जिल्ला शिक्षा कार्यालयले ३ वर्ष अगाडी निर्माण गरको थियो ।