असोज ३ । संविधान दिवस सरकारले धुमधामका साथ मनाईरहदा नवलपरासीमा संयुक्त मधेशी मार्चाले भने कालो दिनकोरुपमा मनाउदै प्रदर्शन गरेका छन् । सदरमुकाम परासीमा मोर्चाका कार्यकर्ताले प्रदशर्न गर्दै संविधान तत्काल संम्सोधन गर्न माग गरेका थिए । परासीमा टायर बाल्दै प्रदशर्न गरेका थिए । पटक पटक काग्रेस , एमाले र माओवादीले संविधान संसोधन गर्ने आश्वासन दिने र संसोधनमा विभिन्न कारण देखाएर मधेशी जनतालाई धोका दिएको भन्दै मोर्चाका कार्यकता प्रदशर्नमा उत्रिएका थिए । साथै आज राती साढे सात बजे देखी ८ बजे सम्म ब्ल्याक आउट अर्थात बत्ति निभाउने मोर्चाले जनाएको छ ।