27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:52

TRENDING .

संसदीय निर्वाचनको झल्को दिने गरी मुकुन्दपुरमा खानेपानी संस्थाको मतदान जारी

- Advertisement -

असोज ३ । कावासोती । मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटको नयां नेतृत्वका लागि विहान ८ बजेदेखी मतदान जारी रहेको छ । संसदीय निर्वाचनको झलको दिनेगरी राजनितिक दलको प्यानल सहितको टोलि चुनाबी मैदानमा होमीएका छन् । अध्यक्ष पदका लागी एमाले बाट पदमलाल पौडेल र काग्रेस माओवादी सहित अन्य सानादलको सहयोगमा शेषकान्त देवकोटा चुनावि मैदानमा उत्रिएका छन् । पौडेल प्यानलतर्फ उपाध्यक्षमा कृतिनाथ पाठक,सचिवमा रामचन्द्र धिताल,कोषध्यक्षमा खीमा कुमारी शर्मा,महिला सदस्यमा विन्दुमाया ढकाल र भोमासरा चितौरे मगर, सदस्यमा बाबुराम रिजाल,भिम वाहादुर महत्तो र लाल वाहादुर आले रहेका छन भने देवकोटा प्यानल तर्फ उपाध्यक्षमा मीना भट्टराई,सचिव वेद प्रसाद कंडेल,मायां कुवर,महिला सदस्य तर्फ सीता भट्ट ,छलिमाया सोति मगर,सदस्यमा खड्क वाहादुर क्षेत्री , भोज बाहादुर महत्तो र बुद्ध वहादुरसुनार चुनावि मैदानमा रहेका छन । २ हजार ६ सय ७० उपभोक्ता रहेको यस संस्थामा जारी मतदानमा २ हजार ८ सदस्यले मात्र मतदान दिन पाउने भएका छन । मतदान वेलुकि ५ वजेसम्म सञ्चालन हुनेछ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्