असोज २ ।जनताको नैसर्गिक अधिकार संविधानमा उल्लेख भए पनि व्यवहारमा संबोधन नभएको प्रति नया शक्ति नेपालले आपत्ति जनाएको छ । जाति , भाषा धर्म , संस्कृति जस्ता विषयलाई संविधानमा प्राथमिकता दिए पनि उचित संबोधन हुन नसकेको नया शक्ति नेपालले जनाएको छ । आइतवार नया शक्ति नेपालले देश व्यापि रुपमा इलाका प्रशासन , जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयमा ज्ञापन पत्र पेश गरेको छ । नया शक्ति नेपाल नवलपरासीले पनि आइतवार इलाका प्रशासन कार्यलय कावासोती मार्फत जिल्ला प्रशासन कार्यलय गरि प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयमा आफ्नो माग पत्र अर्थात ज्ञापन पत्र पेश गरेको छ । ज्ञापन पत्र पेश गदै नया शक्ति नेपाल नवलपरासीका संयोजक टकमणि शर्माले मुलुकमा जनताको विचमा स्थापित समस्या अहिलेको राजनितिक पार्टिले गरेको नदेखिएको र नया शक्ति नेपालले जनताको समस्यालाई ध्यानमा राख्दै ज्ञापन पत्र पेश गरिएको जानकारी दिनुभयो ।