असोज २ । हुलाकी टिम ।नवलपरासीको कोल्हुवामा एक बालकको डुबेर मृत्यु भएको छ । आईतबार दिउसो मध्यविन्दु नगरपालिका ६ कोल्हुवा बस्ने अनिल चौधरीको २ वर्षिय छोरा अरनक चौधरीको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आँगनमा खेल्नेक्रममा अचानक क’लोमा खसेका बालक लाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।