27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:35

TRENDING .

संविधान दिवस तीन दिनसम्म मनाउने

- Advertisement -

२ असोज –  संविधान सभाबाट संविधान जारी भएको १ वर्ष पुगेको अवसरमा सरकार आइतबारदेखि तीनदिनसम्म संविधान दिवस मनाउदैछ । सोही अनुरुप व्यवस्थापिका संसदले आइतबार पहिलो संविधान दिवस मनाउँदैछ । तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले  २०७२ असोज ३ गते नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका थिए । संविधान दिवसको मूल कार्यक्रम सोमबार आयोजना हुने भएपनि दिवस तीन दिनसम्म मनाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । संसदले आइतबार आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीसहित संवैधानिक निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहेने जनाइएको छ । संसदको समारोहमा सभामुख ओनसरी घर्तीले समबोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति नन्दबहादुर पुन भने भेनेजुएला गएकोले संसदमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छैनन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्