परासी असोज २। परिवर्तनको शुरुवातका लागि व्यत्तिले पहिला आफनो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यत्तिले आफनो मनलाई परिवर्तन गरि आफनो परिवर्तन गरे मात्र समाज परिवर्तन सम्भव रहेको सो कार्यक्रममा औल्याइएको थियो । सामुदायिक रेडियो परासीको आयोजना र भेट्रान समाज नेपाल अन्तरगतको स्वाध्यायन समाजको सहयोगमा परासीमा भएको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा पुर्ब महासेनानी एवँ भेट्रान समाजका अगुवा अभिराज आचार्यले मान्छेका ईच्छा आकाँक्षा जिज्ञासालाई समानान्तर ढङ्गबाट अगाडी बढाउदै मनलाई एकीकृत गर्न सकियो भने मान्छेले चाहेका हरेक सफलता सजिलै प्राप्त गर्न सक्ने बताउनुभयो । सो सँस्थाका सँस्थापक अध्यक्ष समेत रहनु भएका आचार्यले आफु सँगै समाज, देश र राष्टृ लाई जित्न सर्बप्रथम व्यक्किले मनलाई स्वच्छ बनाई दृढ सँकल्प लिएर अगाडी बढ्नु पर्ने बताउनुभयो । अहिलेको आध्यात्म बादबाट अगाडि बढ्न सके सबैलाई सफलता प्राप्त हुने बताउनुभयो । रामग्राम नगरपालिका भित्र रहेका युवा तथा बिभिन्न सँस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रमको सँयोजकत्व सामुदायिक रेडियो परासीकी समाचार सहायक सरु शर्माले गर्नुभएको थियो भने सहजिकरण सँस्थाका महासचिव सुबर्ण कुमार खड्काले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज का उपाध्यक्ष राजकुमार रेश्मि,प्रबन्ध निर्देशक मेघराज गौतम , नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्याय लगायतले बोल्दै समाज रुपान्तरणका लागि यो अभियानले ठुलो सहयोग गर्ने भन्दै आगामी दिनमा यस्ता प्रशिक्षणलाई गाउँ केन्द्रीत पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।