27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:32

TRENDING .

हिन्दु राष्ट्र कायम गर्न नवलपरासीबाट आन्दोलनको उदघोस

- Advertisement -

परासी,२ असोज- व्यवस्थापिका संसदमा पुन  हिन्दु राष्ट्र कायमको संशोधन प्रस्ताव दर्ता गराउनका लागि दबाब दिन विश्व हिन्दु महासंघले जिल्ला तहबाट आन्दोलनको तयारी गरेको छ । त्यसका लागि सम्बन्धित जिल्लामा संघर्ष समिति गठन र समन्वय गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ । बर्दघाटमा सम्पन्न संयुक्त राष्ट्रिय सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा जारी ६ बुद्धे लुम्बिनी घोषणा पत्रमा संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेको हो । संघर्ष समितिको केन्द्रीय स्तरमा विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका सभापति नीलप्रसाद भण्डारी डा. रामचन्द्र अधिकारी र पूर्व बडागुरुज्यु प्रा.डा. माधवप्रसाद भट्टराईलाई संरक्षक तोकिएको जनाइएको छ । hindu घोषणा पत्रबारे जानकारी दिदैं महासंघका केन्द्रीय सल्लाहकार डि.बी. अधिकारीले हिन्दु राष्ट्रका लागि क्रियाशिल संस्थाहरु एक नहुँदा पुन  हिन्दु राष्ट्र कायम गराउने अभियान कमजोर भएको ठहर गर्दै दुई वटा समितिको रुपमा विभाजन रहेका विश्व हिन्दु महासंघ राष्ट्रिय समिति बाँसबारी र कलंकीबीच एकता गरिएको बताए   ।  त्यसैगरी जिल्ला तहमा गठन हुने संघर्ष समिति र हिन्दु संस्थाहरुबीचको समन्वयका लागि  पश्चिमाञ्चल सभापति लक्ष्मण थापालाई संयोजकको जिम्मेवारी दिइएको छ । घोषणा पत्रमा हिन्दु राष्ट्र र धार्मिक विषयमा टिका टिप्पणी बढी आएकाले संस्कार संस्कृतीको निर्णय गर्दा सम्बन्धित विज्ञ र सरोकारवालाहरुको परामर्श र सुझावमा गरिने जनाइएको छ । जसका लागि प्रा.डा. माधवप्रसाद भट्टराईलको संयोजकत्वमा एक विज्ञ समिति बनाउने सम्मेलनले निर्णय गरेको केन्द्रीय सल्लाहकार अधिकारीले जानकारी दिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्