27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:50

TRENDING .

भलले बगाएर पोखरामा एकको मृत्यु एक घाइते, नालीले बगाएरै मर्छन कयौ मान्छे

- Advertisement -

पोखरा, असोज-२,  वर्षापछि नालीमा आएको भलले बगाएर पोखरामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

शनिबार साँझको वर्षाका कारण नालीमा आएको भेलले बगाएर पोखरा-१६ लामाचौर गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

घर र्फकदै गरेका उनी बेगले बगेको भलमा परेर लड्दा टाउको गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच, शनिबार साँझ नै अर्का एक पुरुष पनि भलले बगाएर बेपत्ता भएका छन् । पोखरा-१७ पार्दी विरौटास्थित नालीमा वेगले आएको भलले बगाउँदा उनी वेपत्ता भएका हुन् । बेपत्ता हुनेको पहिचान खुल्न नसकेको कास्कीका प्रहरी प्रवत्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

यसअघि पोखराकै सिद्धार्थचोकमा नालीले बगाएर एक महिला र पोखरा ७ मासवारमा मोटरसाइकल बगाउँदा अर्का एक पुरुषको मृत्यु भएको थियो । पोखराका सडकहरु जिर्ण बन्दै जाँदा मर्मतसम्भार नहुँदा तथा बर्षाका समयमा भिरालो जमिनमा तिव्र वेगमा भल आउँदा पटक/पटक मानिसको ज्यान जाने गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्