27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:45

TRENDING .

खुल्ला चौरमै अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

- Advertisement -

धनकुटा–धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका धनकुटा नगरपालिका–१४, बेलहराका वर्ष २६ का प्रेम भण्डारीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरी फेला पारेको छ।

हत्यामा संलग्न गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको क्रममा हाल मलेसियामा रहेका कान्छा छोराकी श्रीमतीसँग भण्डारीले खुल्ला चौरमा यौन क्रियाकलाप देखेर रिस थाम्न नसरी घरमा रहेको बन्दुक ल्याएर गोली हानेको गुरुङले प्रहरीलाई बयान दिएको धनकुटाrapeका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले बताए।

त्यसै गरी युवतीलाई बलात्कार गरेको अभियोगमा फुटबल प्रशिक्षक सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर ती युवतीलाई ३ दिनसम्म बलात्कार गरेको आरोप लगाइएको छ। कोठामा थुनेर बलत्कार गरेको बताइएको छ। पीडित पक्षले अपहरण, बलात्कार र मानव बेचविखानको अरोप लगाएको छ। धनकुटाको फुटबलको विकासमा सक्रिय रहेका श्रेष्ठ वी लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्