असोज-१, खगराज सापकोटा, नेपाल कपडा तथा सिलाई ब्याबसायी संघ नवलपरासीको अध्यक्षमा चेत बहादुर परियार चयन भएका छन् । हिजो राती सम्पन्न अधिवेशनबाट उनि चयन भएका हुन् । त्यसैगरी उपाध्यक्षमा दिपक रणपाल, सचिवमा देवी अधिकारी, सह-सचिवमा लक्ष्मण परियार, कोषाध्यक्षमा कृष्ण अधिकारी, सदस्यहरुमा प्रेम भाट परियार, कल्पना अधिकारी , जित बहादुर बि.क., बिष्णु कुमारी महतो, चन्द्र श्रेष्ठ रहनुभएको छ । कावासोती खानेपानी पानीको सभाहलमा सम्पन्न अधिबेशनको उद्घाटनको कार्यक्रम सस्थाका अध्यक्ष हरिलाल श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको थियो, कार्यक्रममा नेपाल कपडा तथा सिलाई ब्याबसायी संघका केन्द्रीय अध्यक्ष सुरज बज्राचार्य प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रममा नवलपरासीका ५ सय भन्दा बढि सदस्यको उपस्थिति रहेको थियो ।