27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:53

TRENDING .

प्रधानमन्त्री तमसुक बोकेर दिल्ली पुगेका छन्– एमाले महासचिव पोखरेल

- Advertisement -

परासी,३१ भदौ- एमाले महासचिव इश्वर पोखरेलले भारतसँग कागज बनाएर प्रधानमन्त्री बनेका प्रचण्ड तमसुक बोकेर दिल्ली पुगेको आरोप लगाएका छन् । संविधान र सीमा हेरफेरको ऐजण्डामा कुरा नमिलेपछि एमालेसँग गठबन्धन तोडेको माओवादीले तिनै विषयमा सुझाव लिन तमसुक बोकेर प्रचण्ड भारत पुगेको आरोप पोखरेलको छ । एमाले नवलपरासी क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनलाई शुक्रबार परासीमा सम्बोधन गर्दै महासचिव पोखरेलले भारततर्फ इङ्गित गर्दै भने,‘ छिमेकीसँग कोल्टे फेर्नुहुँदैन भन्ने हामीलाई पनि थाहा छ तर स्वतन्त्र राष्ट्रले बाँच्न पाउनु पर्छ भन्दा त्यसलाई गालि सम्झिने बानी त्याग्नु पर्छ ।’  उता (भारत) को निर्देशन जे हुन्छ त्यी गर्छु भन्दै प्रचण्ड भारत भएको आरोप लगाउँदै पोखरेलले उताको चिन्ता भने एमालेले चुनाव जित्छ भन्ने भएको बताए । त्यही चिन्तामा भारतले चुनाव नगराई अर्को खिलराज ल्याउने षडयन्त्र गरिरहेकोे आरोप लगाए । मोर्चा बदलिए पनि एमालेको मिशन नबदलिएको उनले बताए । ‘हाम्रो मिशन भनेको छिमेकीसँगको सन्तुलित सम्बन्ध कायम राख्दै संविधान कार्यान्वयन गर्नु हो । संविधान जारी भएपछि संशोधन पनि हुँदै जान्छ तर कसैले भन्दैमा संविधान संशोधन हुँदैन । त्यसको औचित्य पुष्टि गर्नुपर्छ । ’ पोखरेलले भने,‘ मधेसवादीदलहरुले हचुवाको भरमा संशोधनको कुरा ल्याएका छन् । ’ तर किन गर्नु प¥यो भन्ने विषय प्रष्टाउन सकेका छैनन । ’संविधान संशोधनका नाउँमा सत्तामा जानेहरुका लागि एमाले भ¥याङ्ग बन्न नसक्ने भन्दै पोखरेलले भाषा र नागरिकताका विषयमा कसैसँग सम्झौता नहुने र संविधान संशोधन गर्नु परे आयोगले गर्ने बताए ।तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै एमालेको क्षेत्रीय अधिवेशन शनिवार सम्पन्न हुँदै  छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्