नविन पौडेल
भदौ ३१। थारु जातीको प्राचिन भोदी खेलको संरक्षणमा नवलपरासीका युवा जुटेका छन् । प्राचिन कालमा भोदी खेल भगवान श्रीकृष्णले गोठालो जादा जंगलमा एउटा खाल्डो वनाई त्यसमा लौरी (काचा) राखेर निश्चित दूरीबाट लौरीले हानेर लौरी निकालेर खेल खेल्ने गरिएको मान्यता अनुसार यस खेल शुरु भएको मानिन्छ ।अहिले यस खेललाई पारिमार्जन गर्दै थारु युवाहरुले आफ्नो संस्कृति मानेर यस खेललाई संरक्षणका लागि खेल खेलाउने गरिन्छ । यो खेलमा निश्चित समय भित्र जुन समूहले खाल्टोमा राखेको लौरीहरु धेरै निकाल्न सक्छन् त्यही समूहलाई विजयी घोषणा गर्ने गरिन्छ । यो खेल अहिले नवलपरासीको नवलपुर र चितवनका थारु समुदायमा ज्यादै लोकप्रिय रहेको छ । अहिलेसम्म यो खेल नवलपरासीमा आयोजना गर्दै आइरहेका छ ।