भदौ ३१ ।सिरहा, घरायसी विवादका कारण दुधेबालकसहित इनारमा हामफल्दा एक बालिकाको ज्यान गएको छ । धनगढीमाई नपा–१२ विष्णुपुरका २८ बर्षीय हिरा खनाल आफ्ना एक बर्षीय छोरी दिलिसालाई वोकेर घर अगाडी रहेका इनारमा हामफल्दा छोरीको इनारमा ज्यान गएको हो ।आमाको भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञवाली बताए । हिराको श्रीमान धु्रव बैदेशिक रोजगारीको क्रममा दुवइमा छन् ।
बालिकाको शव पोष्टमार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । आमा हिराकोपनि सोही अस्पतालमा उपचार भईरहेको जनाएको छ ।