३१ भदौ : नेपाल र भारतबीच ३ बुँदे सम्झौता भएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार तीनबुँदे सम्झौतामा भएको हो ।तराईको हुलाकी राजमार्ग आयोजनाको व्यवस्थापन र परामर्शदाता नियुक्त, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण तथा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले ७५ कराेड डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।यसैगरी, तराईको हुलाकी राजमार्ग आयोजनाको व्यवस्थापन र कन्सलट्यान्सी सर्भिसका लागि पनि सम्झौता भएको छ ।