भदौ ३१ । नेपाल महिला संघको केन्द्रिय महाधिवेशन अन्र्तगत नयां नेतृत्व चयनकालागि मतदान जारी छ । नयां नेतृत्वका लागि नवलपरासी बाट केन्द्रिय सदस्यमा ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर ४ बाट केन्द्रिय सदस्यका लागि लक्ष्मी पाण्डेले उम्मेदवारी दिनुभएको छ भने खुल्ला तर्फ हरीकला कण्डेल र सिता कुवँरको उम्मेदवारी परेको छ । तिनै जना रामचन्द्र पौडेल प्यानलमा मानिन्छन् । अधिवेशनमा ५३ सदस्यका लागि झन्डै डेढ सयजनाले उम्मेदवारी दिएका छन् । संघको सभापतिमा उमा रेग्मी र मीना पाण्डेको उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको प्यालन बनाएर उम्मेदवारी दर्ता भएको छ । संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डे चुनाव लडीरहेका छन् ।