27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:49

TRENDING .

उद्यमी बन्दै नवलपरासीका महिला –तरकारी देखी झोला सम्म आफै उत्पादन गर्दै

- Advertisement -

aayam

नबिन पौडेल

भदौ ३० । नवलपरासीका महिला सहकारीहरु पछील्लो समय उद्यमशिलता विकास गर्ने थलोकारुपमा विकास हुन थालेका छन् । सहकारी भन्ने वित्तिकै बचत गर्ने तथा ऋण प्रवाह मात्र गर्ने भन्ने सोचाई परीवर्तन गर्दै बचतका लागि उद्यमशिलता हुनुपर्ने भन्दै स्वरोजगार मुलक तालिम मार्फत महिलाहरु उद्यमशिलता तर्फ आकर्षित भएका हुन् । गैडाकोट नगरपालिका १२ मटकुरीकी कौशिला घर्तीको जग्गाको नाममा आफु बस्ने  १ कठ्ठा जग्गा मात्र थियो । खेती गर्न समेत अरुको अधिया गर्नुपर्ने बाध्यता थियो । गाउंमा युगचेतना नारी बचत सहकारी संस्थामा सदस्य भएपनी आम्दानी नभई बचत कसरी गर्ने भन्ने पिरलो हुने गर्दथ्यो । तर पछी केयर नेपाल र सहमतीको आयाम परियोजनाले सहकारीमा गएर उद्यमशिलता तर्फ समेत ध्यान दिनुपर्ने र त्यसमा आफुहरुले तालिम तथा अन्य सहयोग गर्ने भनेपछी घतीले बाख्रा पाल्ने निधो गर्नुभयो । सहकारी मार्फत ३ वटा बाख्रा किनेर बाख्रा पालन सुर गरेका घर्ती को अहिले ५२ वटा बाख्रा पुगिसकेको छ । जस्ले गर्दा आर्थिक हैसीयत समेत माथी आएको छ । परिवार पाल्न तथा शिक्षादीक्षाका लागि अहीले सहज समेत भएको छ । यसैगरी रजहर ८ सातघरेकी खेममायां सुनारी आफ्नो परीचय समेत लजाउनुहुन्थ्यो । तर अहीले आयाम सिलाई कटाई तालिम लिएर आफ्नै टेलर्स खोलेर व्यवसाय गरीरहनुभएको छ । सुनारीका अनुसार बाटो देखाईदीने संस्था वा ब्यक्तिको सल्लाहामा आफुले हिम्मत गरे पुरुष सरह महिलाले समेत उद्यम गर्न सक्ने रहेछ भनेर विशवास लागेको बताईन् । सिलाई कटाई मार्फत अहीले सुनारीले महिलनाको २५ ÷३० हजार कमाउदै आएकी छन् । सुनारीकै कमाईले अहीले छोराछोरीको शिक्षा देखी परीवारको खर्च चल्दै आएको छ । रजहर २ कुजौलीका थारु समुदायका महिलाहरुले समेत बेमौसमी तरकारी तथा हासं पालन बाट आफ्नो जिविका चलाउदै आएका छन् । तरकारी पहिले पहिले पनी लगाईने गरीन्थ्यो तर आफ्नो लागि मात्र हुने गर्दथ्यो तर अहीले तरकारी खेती सम्वन्धि तालिम लिएपछी उनिहरु व्यवसायिक तरकारी किसा नबनेका छन् । जस्ले गर्दा आफुनो लागि मात्र नभएर आर्थिक उपार्जनको राम्रो माध्ययम समेत बनेको छ । तर उत्पादन बढ्दा बजार नपाउने होकी भन्ने चिन्ताले भने कुजौलीका किसानलाई पिरलेको छ । यता कावासोतीको जनज्योती महिला बचत तथा ऋण सहकारी संस्था कावासोती ८ का महिलाहरुले ढाकाको व्याग लगाएत आकर्षक सामानहरु बनाएर आर्थिक उपार्जनमा लागेका छन् । संस्थाकी अध्यक्ष नारायणी भट्टराईका अनुसार महिलाहरु उद्यमशिलताका लागि जागरुप र उत्साहीत भएको बताउनुभयो । ढाकाको आकर्षक झोला , पर्स , टोपी बनाउदै आएका महिला उद्यमीले यस्लाई ब्राण्डकोरुपमा स्थापित गर्न लागिपरेका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्