सरु शर्मा परासी भदौँ ३०- नेकपा एमाले क्षत्रिय कमिटि क्षेत्र नं ४ नवलपरासीको दोस्रो क्षत्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ । क्षत्रिय अधिवेशन भोली र पर्सी दुई दिन जिल्लाको सदरमुकाम परासी स्थीत परासी क्याम्पसको प्रांगढमा हुने र अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय महासचिव ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले क्षत्रिय कमिटी क्षेत्र नं. ४ ले आज परासीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । क्षेत्र नं ४ अन्तरगतका दुई नगरपालिका, पाँच वटा गाविसका विभिन्न वडाहरुबाट छनौट भएका तीन सय जना प्रतिनिधिले भाग लिने क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौट, स्वयमसेवक परिचालनको व्यवस्था, प्रमुख अतिथि लगायत अतिथिहरुको स्वागत सत्कार, मन्च निर्माण, खानपान लगायतका सम्पुर्ण व्यवस्थाको तयारी पुरा भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अधिवेशनमा सहभागिताका लागि प्रचार प्रसार व्यापक मात्रामा भईरहेको प्रचारप्रसार संयोजक रेशम शर्माले जानकारी दिनुभयो ।