३० भदौ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन फेरि सरेको छ । असोज ३ गते पोखरामा हुने भनिएको महाधिवेशन सरेको छ । महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म हुने भएको छ । महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन नहुने देखिएपछि मिति सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले बताए । अहिलेसम्म ६२ जिल्लामा अधिवेशन भएको र बाँकी जिल्लामा अधिवेशन भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिएको थियो । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एक भएपछि अहिलेसम्म तरुण दलको महाधिवेशन हुन सकेको छैन । २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले ६ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन ।