बाल दिवसको अवसरमा ड्याड नेपालको आयोजनामा बिबिध कार्यक्रम भएका छन् । कावासोती नगरपालिका भित्रका विद्यालयका गरीब तथा असहाय बालबालिकाहरुलाई शैक्षीक सामाग्री बितरण गरीएको छ । करीब ८० जना विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच शैक्षीक सामाग्री बितरण गरीएको हो । बालदिवस आयोजक समितिका सम्योजक विमल चापागाईको अध्यक्ष्यतामा भएको थीयो । भने सिदार्थ माध्यमिक बिद्यालयमा कबिता प्रतियोगीता पनि सम्पन्न भएको छ । नवपुर क्षेत्रका विद्यालयका १२ जना व्द्यिार्थीहरुको सहभागीता रहेको प्रतियोगीतामा विद्यार्थीहरुले कविता मार्फत बाल अधिकार र आजको आवश्यकता औल्याएका थीए । प्रतियोगीतामा लुम्बिनि बोर्डीङ्ग स्कुलका बिशाल भटराई प्रथम , सिदार्र्थ माध्यमिक बिद्यालयका अनिस गिरि दुतिय र सिदार्थ माध्यमिक बिद्यालयका प्रकुति पाण्डे तुतिय हुनुभएको छ । कबिता वाचन प्रतियोगीताका कार्यक्रमका संमयोजक बिवेक अधिकारिको अध्यक्ष्यता , भएको कार्यक्रममा जिल्ला शिक्षाकार्यालय नवलपरासीका बिद्यालय नरिक्षक रिषिराम शर्माको प्रमुख अतिथीको रुपमा रहनुभएको थीयो । कार्यक्रममा गण्डकि आवसिय माध्यमिक बिद्यायलयका जगत भटराई , सिदार्थ उच्च माध्यमिक बिद्यालयका सहायक प्रध्यानध्यापक करुण लम्साल , लुम्बिनि बिोर्डिड।का सहायक प्रध्यानध्यापक त्रिभुवन तिवारि , लगाएतको उपस्थीति रहेको थीयो ।
यस अघि कावासोतिको फलफुल चोक बाट सुरु भएको यालि इन्द्र चोकबाट कुमारवर्ति क्याम्पर गेट हुदै कावासोति खानेपानिहलमा पुगेर समापन भएको छ । ड्याड नेपाल नवलपरासीले बाल अधिकारको सवालमा अग्रस्थानमा रहेर काम गर्दै आईरहेको र आगामी दिनमा यस्तै कार्यक्रम अगाडी बढाईने अध्यक्ष किरण भुर्तेलले जानकारी दिनुभयो । यस अघि बालअधिकार कार्यान्वयन का सम्बन्धमा कावासोतीका राजनितिक दल र बालबालिका बिच अन्तरकृया समेत गरेको थीयो ।