भदौ-२९, एजेन्सी, आफूले पालेको कुकुर सबैलाई प्यारो लाग्छ । तर, भारतको ब्याङ्लोर घर भएकी एक युवतीले आफ्नो प्यारो कुकुरका लागि हुनेवाला श्रीमानलाई त्यागेकी छिन् ।
ब्याङ्लोरकी करिश्मा वालिया गुडगाँवमा डेलोइट इन्डिया नामक कम्पनीमा काम गर्छिन् । उनको विवाह दिल्लीमा बस्ने एक धनी परिवारको छोरोसँग हुने तय भएको थियो ।
उनी आफ्नो कुकुर लुसीलाई विवाहपछि पनि सँगै राख्न चाहन्थिन् । तर हुनेवाला श्रीमानले कुकुर राख्न नचाहेपछि करिश्माले विवाह नै त्यागि दिएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले करिश्माकी आमाले उनलाई सम्झाइबुझाइ गरिरहेको भएपनि करिश्मा आफ्नो अडानमा कायम छिन् । एउटा कुकुरका लागि विवाह नै तोड्ने काम ठीक होइन भनी उनका परिवारले मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।
हुनेवाला श्रीमानले पनि करिश्मालाई उक्त निर्णयमाथि पुनर्विचार गर्न भनेका छन् । करिश्माले आफू र हुनेवाला श्रीमानबीच ह्वाट्सएपमा भएको कुराकानी समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।