27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:47

TRENDING .

मुलुकभर धर्म परिर्वतन गराउने गिरोह सक्रिय : कमल थापा

- Advertisement -

भदौ २९ । नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष कमल थापाले नेपालालाई जबरजस्ती रुपमा धर्मनिरपेक्षता  घोषणा गरिएको आरोप लगाउनुभएको छ । उहाँले संगठित रुपमा विदेशीहरुको डरको पछाडी लागेर दलहरु गम्भीर त्रुटी गरेको भन्र्दै त्यसलाई सच्याईनुपर्ने बताउनुभयो । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले नवलपरासीको बर्दघाटमा आयोजना गरेको राष्ट्रिय भेलालाई संबोदन गर्दै थापाले यस्तो बताउनुभएको हो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका थापाले नेपालकै विश्वकै छुट्टै ईतिहास बनेको हिन्दूधर्मलाई मास्ने कार्य आफूहरुको मान्य नहुने दाबी समेत गर्नुभयो । उहाँले  अहिले नेपालमा धर्म परिर्वन निकै ठूलो समस्याको रुपमा देखा परेको भन्र्दै यसको नियन्त्रणको लागि सबै चनाखो बन्नुपर्ने आधारण राख्नुभयो । थापाले भन्नुभयो, अहिले मुलुकभर धर्म परिर्वतन गराउने गिरोह सक्रिय छ, त्यस्ता व्यक्तिहरुलाई समाजदेखि नै बहिकार गनुर्पछ, यस्को पहेरीद्धारी सनातन धर्माबलम्बीहरुले गर्नुपर्छ । उहाँले देशभरी नै हिन्दू राष्ट्र चाहिन्छ भन्ने नारा चलिरहेका चर्चा गर्दै नारा हिन्दुको लागाउने तर राजनीतिकदलहरुलाई साथ भने धर्म निरिपेक्षतालाई दिने परिपार्टीले समस्या समाधान नहुने बताउनुभयो । नेपाल समाज हिन्दुराष्ट्र हुदा नै सुरक्षित र सबै धर्महरुको संरक्षण हुने चर्चा गर्दै नेपालको धर्म संस्कृति विश्वकै लागि अनुसरणीय कार्य भएको चर्चा समेत गर्नुभएको छ । सनातन हिन्दु धर्माबलम्बीहरुको संयुक्त राष्ट्रिय भेला २ दिन सम्म सम्मेलनको महायोगी सिद्धबाबाले समुद्घाटन गर्नुभएको हो । उहाँ अक्सिजन बीना नौँ दिन सम्म बाचेर विश्वलाई नै आश्चर्य चकित पार्नुभएको थियो । कार्यक्रममा सहभागी हुन देशभरका हिन्दुधर्मका प्रबद्धक राजनीतिक दलहरु भेला भएका छन् । ९२ प्रतिसत ओमकार परिवार रहेको देशलाई जनचाहान विपरित धर्म निरपेक्षता घोषणा गरिएको र अव हिन्दु राष्ट्र घोषणाबारे आगमी कदमहरु के हुन्छ भन्ने बारेमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्