27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:49

TRENDING .

३५ वर्ष सम्म सुकुम्बासी गरायो सरकारले- तमासपुरका स्थानीयको यस्तो दुखेसो

- Advertisement -

भदौ २९ । नविन पौडेल । एक वर्ष भित्र लालपुर्जा दिने भनेर नवलपरासीको नयांवेलहानी तमासपुर २ मा बस्ति बसाएको सरकारले ३५ वर्ष वितीसक्दा समेत लालपुर्जा नपाएपछी स्थानिय चिन्तित भएका छन् । तमासपुरका ४ सय ६९ घर परिवारले ३५ बर्ष देखि बस्दै आएको र जोतभोग गर्दै आएको घर जग्गालाइ अझैं आफ्नो बनाउन सकेका छैनन् । घर बनाएर बस्न र जोतभोग गर्न सरकारले उपलब्ध गराएको जमीनकै लालपुर्जा नपाँउदा आफ्नो जिबन भुमिहिन भएरै बित्न लागेको स्थानियको दुखेसो छ । निर्बाचनका बेला यो बिषय राजनैतिक दलहरुको चुनाबि मुद्दा बनेपनि पछि कसैले वास्ता नगर्ने स्थानियहरुको गुनासो छ । भारतिय र नेपाली सेनाबाट अवकास पाएका सैनिकहरुलाइ जोतभोग गर्न २ बिगाहा र घडेरीका लागि ५ कट्ठा जमिन दिएर तत्कालीन सरकारले यहाँ बस्ती बसालेको थियो ।१४ ओटा सुकुम्बासी समस्या समाधान आयोग गठन भएपनी यहांका बासीन्दाले पुर्जा नपाउदा फेरी विस्थापित हुनुपर्ने होकी भन्ने पिरलोमा स्थानीय छन् । लालपुर्जा नहुदा विद्युत , खानेपानी तथा अन्य प्रशासनिक कार्यका लागि समेत स्थानीय लाई अप्ठ्यारो परेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्