27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:37

TRENDING .

बाल दिवसका अवसरमा काग्रेस नवलपरासीका सभापती लामीछाने लाई राष्ट्रिय सम्मान

- Advertisement -

नविन पौडेल
भदौ २९ । हुलाकी टिम । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । बाल दिवसका अवसरमा नवलपरासी लगाएत मुलुकभनै विभिन्न कार्यक्रम भईरहेको छ । यसैविच बाल दिवसको अवसरमा बाल अधिकारकर्मी एवंम् नेपाली काग्रेस नवलपरासीका सभापती विष्णु लामीछाने सम्मानीत हुनुभएको छ । बालबालिकाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै लामीछाने लाई केन्द्रिय बालकल्याण समितीले नगद २० हजार १ सय १० रुपैया सहित ताम्रपत्रले सम्मान गरेको हो । लामीछाने लामो समय देखी बालबालिकाको क्षेत्रमा निती निमार्ण देखी कार्यान्वयन तहसम्म काम गर्दै आईरहनुभएको थियो । लामीछाने नवलपरासी जिल्लाको बाल कल्याण समितीको संस्थापक समेत हुनुहुन्छ ।  नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्