27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 11:59

TRENDING .

१८ जना शिक्षकले दिए राजीनामा, अब क-कस्को आउला पालो ?

- Advertisement -

काठमाडौं २९ भदौ / पठन पाठन प्रभावित हुने गरि विभिन्न दलको कार्य समितिमा रहेर सक्रिय राजनीति गरि रहेका पाँचथरका १८ जना शिक्षकले आ–आफ्नो पार्टीमा राजीनामा दिएका छन् । जिल्ला शिक्षा कार्यालय (जिशिका) ले पार्टीको कार्य कारिणी पदमा रहेर राजनीति गर्ने शिक्षकलाई कारवाही गर्ने भनेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

आठौ संशोधित शिक्षा ऐनको दफा १६ (ङ) २०७३ अनुसार दलको कार्य समितिमा वसेको पाइए शिक्षक वा कर्मचारी पदबाट हटाइने प्रावधान रहेको छ । जस अनुसार कारवाही गर्न जिशिकाले सार्वजनिक सूचना गरेपछि विभिन्न विद्यालयका शिक्षकले पार्टी पद परित्याग गरेका हुन् ।[ad id=”7822″]

पार्टी पद त्याग्ने शिक्षक संघीय समाजवादी फोरमका नौ जना, संघीय लिम्बूवान मञ्चका छ जना र नेकपा एमालेका तीन जना गरी जम्मा १८ जना रहनुभएको छ । समाजवादीका गणेश चेम्जोङ, मानवहादुर हाङ्सरुम्बा, सिंगबहादुर लावती, तारानाथ सम्बाहाम्फे, डम्बर तुम्बापो, नन्दकुमार कुरुम्बाङ, डिकबहादुर लावती, मौसम बेघा र श्याम तुम्बापोले आफ्नो पार्टीमा राजीनामा दिनु भएको हो । उहाँहरु सवै जना शिक्षक सहित पार्टीको जिल्ला कार्य समिति सदस्य रहेका समाजवादीका पाँचथर सचिव बुद्धराज लिम्बूले बताउनुभयो ।

लिम्बूवानका जिल्ला सम्मेलन आयोजक समिति सदस्य शिक्षक नरेन्द्रराज केरुङ, योगेस योङया, शेरविक्रम मीखोङहाङ, छविन्द्र चेम्जोङ, र नारायण नेम्बाङले पनि पार्टी छोड्नु भएको हो । उहाँहरुले सामुहिक राजीनामा पत्र लेख्दै आफ्नो पार्टीको पद त्याग्नु भयो ।

त्यसैगरि एमालेको पञ्चमी गाउँ कमिटी सचिव हर्क राना मगर तथा सदस्यहरु बजिन्द्र योङहाङ र खड्ग गिरीले पार्टी पद छोडेर शिक्षण पेश रोज्नु भएको छ । उहाँहरुले विभिन्न स्थानीय विद्यालयमा पढाइ रहनु भएको छ । सुचना अनुरुप दोहोरो भूमिकामा रहेका कुनैपनि शिक्षकले जिशिकामा भने हालसम्म राजीनामा नदिएको कार्यालयका सुचना अधिकारी युगमणी सवेहाङले बताउनुभयो ।
जिशिकाले साउन १३ गते शिक्षक र दलको कार्यकारीणी पदमा रहेनेलाई दोहोरो भूमिकामा नवसी एउटा मात्र रोजेर भाद्र १५ भित्र आवस्यक कार्य गर्न सूचना जारी गरेको थियो । नगरे कानुनी कारवाही गर्ने पनि भनिएको छ ।

यद्यपी ठूला दल काँग्रेस, एमाले, माओवादी केन्द्रका जिल्ला समिति, कमिटीमा अझैपनि बसिरहेर दर्जनौ शिक्षकले जिशिकाको निर्देशन अटेर गरिरहेका छन् । काँग्रेस जिल्ला समिति सचिव श्री सिद्धदेवि आधारभूत प्रावि याङ्नामका शिक्षक रुपनारायण जवेगुले भने कारवाहीबाट जोगीन वेतलवी बिदा लिनु भएको छ । वेतलवी विदा लिएको अवधिभर कुनै पनि शिक्षक आफ्नो पदीय जिम्मेवारीबाट अलग रहने सुचना अधिकारी सवेहाङले बताउनुभयो ।

वेतलवी विदामा कुनै पनि राजनीतिक दलको कार्यकारीणी पदमा रहने शिक्षकलाई कारवाही गर्न नसकिने देखिएको छ । यस्तो अवस्थामा नेतागिरी शिक्षकका कारण शैक्षिक विकासमा पुगिरहेको गतिरोध रोक्न ल्याइएको संशोधित शिक्षा ऐन प्रभावकारी नहुने देखिएको छ ।

वेतलवी विदा लिएर शिक्षकले राजनीति गर्ने छुट पाउने स्थितीले फेरी त्यस्तो विदा लिने संख्या बढे शैक्षिक क्षेत्रमा अर्को विकृति बढ्ने देखिएको छ । शैक्षिक जगतको तमाम खाले विकृति रोक्न सरकारले स्पष्ट नीति ल्याउन आवस्यक रहेको नेपाल पत्रकार महासंघ शाखा पाँचथर अध्यक्ष लवदेव ढुङ्गानाले बताउनुभयो ।

आफ्नो पार्टीको कुनै पनि तहको कार्यकारीणी समितिको पदमा करकापले नभई स्वेच्छाले आवद्ध भएका शिक्षकले दिएका रानीनामा स्विकृत गरिएको समाजवादीका जिल्ला सचिव बुद्धराज लिम्बूले बताउनुभयो । उहाँले सरकारवाट तलव लिएर विद्यार्थी पढाउने जिम्मा लिएका शिक्षकले राजनीतिमा अलमलिएर सयौं विद्यार्थीका् भाग्य भविष्य चौपट पार्न नहुने पनि बताउनुभयो ।गोरखापत्रबाट

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्