कावासोती २८ भदौ ।नवलपरासीको नयाँ बेलहानी २ तमासपुरमा खसी बोका विक्री तथा संकलन केन्द्र सञ्चालनमा आएको छ ।तमासपुरमा रहेका बाख्रापालन किसानहरुको बजारलाई ध्यानमा राखी खसी बोका विक्री तथा संकलन केन्द्र खोलिएको हो ।
अरुणज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो साधारण सभाको अवसरमा विक्री केन्द्रको उद्घाटन गरिएको हो । यहाँ सहकारीमा आवद्ध एक हजार दुई सय ८ घर मध्ये अधिकांशले बाख्रा पालन गरिएको छ ।यहाँ खसी बोका विक्री केन्द्र खोलिएपछि यहाँका किसानहरुलाई बाख्रा विक्रीका लागि सहज हुने महिला सरकारीका अध्यक्ष धनमाया लामाले बताइन् ।हेफर इन्टरनेशनल नेपाल, हिमवन्ती नेपाल, नयाँ बेलहानी गाविस लगायतको सहयोगमा साढे ११ लाखको लागतमा विक्री केन्द्रको भवन निर्माण गरिएको हो ।