२८ भदौ : दिल्लीबाट आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ । आर ए २०६ विमान अवतरणका क्रममा पाङ्ग्रा फुटेको हो । उक्त विमानमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि सवार थिए । पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको पाङग्रा फुटेको जनाइएको छ । धावनमार्गमा विमान गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल बन्द गरिदिएको थियाे । विमानस्थलको धावनमार्ग करिव एक घण्टापछि खुलेको छ ।[ad id=”7822″]