27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:49

TRENDING .

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँण्डेल लाई आक्रमण प्रयास गर्ने अभियुक्तलाई एक वर्ष कैद सजाय

- Advertisement -

हुलाकी टीम ।परासी, २८ भदौ। पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँण्डेल घटनामा पुर्पक्षका लागि थुनामा रहेका उज्ज्वल गड्तौला र योगेन्द्रप्रसाद पटेललाई नवलपरासी अदालतले सोमबार एक वर्ष कैद सजायसहित जनही ८० हजारका दरले जरिवाना फैसला सुनाएको छ । उनीहरु दुवैलाई जिल्ला न्यायाधिश भरतमणी खनालको इजलासले हातहतियार खरखजनाअन्र्तगत उक्त फैसला सुनाएको हो ।२०७२ कात्तिक ६ गते आफूमाथी आक्रमणको प्रयास गरेको भन्दै पूर्वगृहराज्यमन्त्री कँण्डेलले उनीहरुविरुद्ध लागूऔषध, ज्यानमार्ने उद्योग र हातहतियारमा मुद्दा दायर गरेका थिए । जसमा लागूऔषध र ज्यानमार्ने उद्योगमा अदालतले सफाई दिएको छ भने हतियार मुद्दामा सजायको फैसला सुनाएको हो । गड्तौला र पटेल एघार महिनादेखि नवलपरासी कारागारमा थुनामा छन् । अदालतको फैसलाअनुसार अब उनीहरुको कैद सजाय एक महिना पछि पूरा हुँदैछ । अभियोग लगाइएका गड्तौला र पूर्वराज्यमन्त्री कँण्डेलबीच फुपु र बुढ्यौली हजुरआमातर्फको दाजुभाईको नाता हो । गड्तौलासँगै सजाय पाएका पटेल सीमावर्ती भारतको ठूठीबारीस्थित राद्यादेवि इन्टरकलेजका कार्यालय सहयोगी हुन् । ठूठीबारी नवलपरासीको महेशपुर नाकाको भारतीय बजार हो । पूर्वगृहराजमन्त्री कँण्डेलको घर महेशपुरमा छ । गड्तौला ठूठीबारीमा बस्दै आएका छन् । बडहरादुवौलियाको ललितपुर गाउँमा अधियामा लगाएको धान लिन गएको बखत कण्डेलले घटना घटाएको आरोप गड्तौला परिवारले लगाउँदै आएको छ ।सीमावर्ती ठूठीबारीस्थित राद्यादेवी इन्टरकलेजको प्रबन्धक र सञ्चालक समिति अध्यक्ष चयनको विषयलाई लिएर कँण्डेल र गड्तौलाबीच मनमुटाव रहँदै आएको थियो । सोही विषयलाई लिएर घटना भएको दुवै पक्षले जनाएका छन् । कलेजका संस्थापक राद्यादेवी कँण्डेलको दुई वर्ष अघि भएको मृत्यु पश्चात कलेजको सञ्चालक समिति खाली छ । सोही कलेज ( आर्यविद्या प्रसार समिति) को अध्यक्ष पदमा दुई साताअघि चुनाव भएको थियो । चुनावमा पूर्वराज्यमन्त्री कँण्डेल र ठूठीबारी ग्राम पञ्चायतका पूर्वप्रधान राजेश सिंहबीच प्रतिस्पर्धा भएको थियो । तर दुवै जनाको मत बराबर भएपछि कलेजले अर्को सूचना जारी नभएसम्मका लागि चुनाव स्थगित गरेको छ ।[ad id=”7822″][ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्