27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 12:22

TRENDING .

नवलपरासीमा मुस्लिम धर्मावलम्विले धुमधामका साथ बकर इद मनाउदै

- Advertisement -

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद नवलपरासीका मुस्लिम धर्मावलम्विले पनी धुमधामका साथ मनाइदैछ । नवलपरासीको परासी , कावासोती कोईलापानी , रजहर लगायत जिलाभरिकामा रहेका मस्जिदमा गएर नमाज पाठ गर्ने र धर्म गुरुले कथा वाचन गरेपछी एक अर्कामा खुसी साटासाट गर्दै बकर ईद मनाउदै छन्।bakrid

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको किबदंती छ । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको भनाइ छ ।

बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । इदका अवसरमा नवलपरासीका विभिन्न स्थानमा शुधकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरीएको छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्